अछाम: शिक्षक महासंघ अछामले कक्षा १२ को परिक्षामा सहभागी नहुन सबै प्रधानाध्यापक तथा शिक्षक कर्मचारी र अछाम जिल्ला स्थित सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरुलाई भनेको छ।
महासंघ अछामले बिज्ञप्ति जारी गर्दै कक्षा १२ को परिक्षा संचालन गर्ने सम्बन्धमा परिक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्की सहित परिक्षाको प्रकियामा सामेल हुन दबाव आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विगत २१ दिन देखि काठमाडौंमा शिक्षक तथा कर्मचारीहरुको व्यापक सहभागिता सहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिदै विद्यालय, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री ऐन जारी गराउने महा अभियानलाई अघि बढाउन यो परिक्षाको प्रकियामा कुनै पनि हालतमा सहभागि नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरुमा आग्रह गरेको छ।
साथै सबै शिक्षक तथा कर्मचारीहरुलाई काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागि हुन हार्दिक अपिल सहित शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यावस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनहुन आग्रह गरेको छ।











