Advertisement
SKIP THIS
अछाममा ९ दिनदेखि बेपत्ता रोल्पाका घने घर्ती मगर मृत भेटिए

अछाम:अछाममा ९ दिनदेखि बेपत्ता रोल्पाका घने घर्ती मगर मृत भेटिएका छन् । उनी मंगलबार साँफेबगर नगरपालिका ८ चण्डीका काटैको बनघर नजिककैको जंगलमा मृत अवस्थामा भेटिएका हुन। सालको पात टिप्न गएका स्थानीय महिलाहरुले शव सडेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

उप्त भेटिएको शव उनकै भएको अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । घटना स्थलमा उनका साथीहरूलाई बोलाएर शवको पहिचान गरि पोष्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याईएको घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरी प्रमुख भण्डारीले बताए ।
रोल्पाको सुनिल स्मृति गाउँपालीका ८ अरेसका अन्दाजी ४० बर्षीय घने घर्ती मगर बैशाख १ गते देखि बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया