अछाम:रोल्पाका एक पुरुष अछामबाट ८ दिन देखि बेपत्ता भएका छन । रोल्पाको सुनिल स्मृति गाउँपालीका ८ अरेसका अन्दाजी ४० बर्षीय घने घर्ती मगर बैशाख १ गते देखि हराईरहेका उनका छिमेकी भाई नाता पर्ने बालाराम घर्ती मगरले बताए । बैशाख १ गते बिहान ५ बजे चौरपाटी गाउँपालीका ४ पायल मदनेबाट निस्केका र हालसम्म सम्पर्कमा नआएका उनले बताए ।
मंसिरमा सोहि ठाउँका कुल बहादुर बिकको नेतृत्वमा आएका १५ जना मजदुरले अछामका बिभिन्न ठाउँमा काम गरिरहेका थिए । चैतको अन्तिम तिर निमार्णाधिन सेति राजमार्गको मदने खण्डमा काम गरिरहेका उनी सुतेकै ठाउँबाट निश्केका बालाराम घर्ती मगरले बताए।
उनको खोजिका लागि आफुुहरु लागिरहेका र बैशाख २ गते खोजिका लागि प्रहरीमा निबेदन दिएको ठेकदार कुल बहादुर बिकले बताए ।उनका अनुसार घरमा सोध्दा समेत घरमा नआएको बताए ।यता जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले उनको खोजि कार्य भईरहेको बताए ।