अछाम:संघिय राजधानी काठमाडौबाट अब सुदूरपश्चिमको पहाडी जिल्ला अछाम अब २ घण्टामै पुग्न सकिने भएको छ।अनुसारको कमलबजार विमानस्थलमा आईतवार पहिलो व्यवसायिक उडान सफल भए सँगै अब अछाम र काठमाडौं दुरी छुट्टिएको हो।
आईतवार संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री अरुण कुमार चौधरीले नेतृत्वको टोलि र स्थानीय नेता जनप्रतिनिधि काठमाडौबाट कमलबजार विमान स्थल पुगे।अब हरेक हप्ताको आईतवार काठमाण्डौ नेपालगन्ज अछाम र अछाम नेपालगन्ज काठमाडौं उडान हुनेछ ।
काठमाडौबाट आएको एति एयरलाइन्सले नेपालगन्ज र नेपालगन्जबाट तारा एयरको ट्विटर जहाजले कमलबजार ल्याऊने छ।यसरी कनेक्टिङ फ्लाई मार्फत अछाम देखि काठमाडौं र काठमाडौं देखि अछाम उडान हुनेछ । अहिले एति एयरलाइन्सको वेवसाईट मार्फत टिकट काट्न सकिने र काठमाडौँ–कमलबजार: रु. ११ हजार र कमलबजार नेपालगन्ज ६ हजार ५ सय भाडादर रहेको छ।
कमलबजार नगरपालिका, मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाले यात्रु नपाए भाडा तिरिदिने शर्तमा जहाज सञ्चालन भएको हो।