भगवती कुँवर अछाम:नेपाली कांग्रेस अछाम निवर्तमान पार्टी सभापति भरत कुमार स्वारले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबादुर देउवालाई कुनै पनि हालतमा शक्ति हस्तान्तरण नगर्ने दाबी गर्नु भएको छ।
बुधबार नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम प्रमुख अथितिको आसनबाट बोल्दै स्वारले प्रधानमन्त्री ओलीले आफु संग प्रतिस्पर्धा गरेकै कारण भिम रावललाई पाटीबाट निस्कासन गर्नेले कांग्रेसलाई सजिलै सत्ता हस्तान्तरण नगर्ने ठोकुवा गर्नु भएको छ।
देशभरका शिक्षकहरु काठमाडौंमा आन्दोलन गरि रहको यो बिषम परिस्थितिमा कांग्रेसका अन्य नेताहरुले सरकारले शिक्षकका माग पुरा गर्नु पर्छ भनिरहदा पुर्व प्रधानमन्त्री तथा पाटीका सभापति देउवा मौन बस्नु गलत भएको बताए ।
साथैै आगामी दिनमा पाटीलाई चलायमान बनाउनका लागी सबै नेता कार्यकता एकजुट भएर लाग्नु पर्नेमा पुर्व सभापति स्वारले जोड दिनु भएको छ।










