Advertisement
SKIP THIS
कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा क प्रदेश सभापति महेश खड्काको अध्यक्ष्यतामा भएको कार्यक्रम निवर्तमान पार्टी सभापति भरत कुमार स्वार प्रमुख अथिति रहेका थिए । कार्यक्रम विशिष्ट अतिथिमा नेपाली कांग्रेस सुरपश्चिम प्रदेश कार्यसमिति सदस्य रुपा आउजी,कांग्रेस जिल्ला उपसभापति अर्जुन ताम्राकार, सुरपश्चिम प्रदेश प्रजातान्त्रीक सेनानीका अधयक्ष तथा महासमिति सदस्य टिकाराम खनाल रहनु भएको थियो।

प्रमुख अथितिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व जिल्ला सभापति स्वारले नँया वर्षको शुभकामना दिदै सबैमा सुःख, शान्ति, समवृद्धिको कामना गर्नु भएको छ। यस्तै उनले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबादुर देउवालाई कुनै पनि हालतमा शक्ति हस्तान्तरण नगर्ने दाबी गर्नु भएको छ। प्रधानमन्त्री ओलीले आफु संग प्रतिशर्पदा गरेको कारण नेता डा. भिम रावललाई पाटीबाट निश्कासन गर्नेले कांग्रेसलाई सजिलै सत्ता हस्तान्तरण नगर्ने ठोकुवा गर्नु भएको छ। देशभरका शिक्षकहरु काठमान्र्डौमा आन्दोलन गरि रहको यो विसम परिस्थितिमा कांग्रेसका अन्य नेताहरुले सरकारले शिक्षकका माग पुरा गर्नु पर्छ भनेर अपिल गरिराख्दा पुर्व प्रधानमन्त्री तथा पाटीका सभापति देउवा मौन बस्नु गलत भएको बताए । साथैै आगामी दिनमा पाटीलाई चलायमान बनाउनका लागी सबै नेता कार्यकता एकजुट भएर लाग्नु पर्नेमा पुर्व सभापति स्वारले जोड दिनु भएको छ।

कार्यक्रममा बैद्यनाथ पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष गाुकल भाट लगाएत सदस्यहरु, स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पस श्रिकोटका सभापति कमल कुँवर लगाएत सदस्य र तरण दलका क्षेत्रिय अध्यक्ष जनक कडायतलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।

विशिष्ट अथिति नेपाली कांग्रेस सुरपश्चिम प्रदेश कार्यसमिति सदस्य रुपा आउजी,कांग्रेस जिल्ला उपसभापति अर्जुन ताम्राकार, सुरपश्चिम प्रदेश प्रजातान्त्रीक सेनानीका अधयक्ष तथा महासमिति सदस्य टिकाराम खनाल,महासमिति सदस्य भगवती खनाल, महाधिवेसन प्रतिनिधि तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, लक्ष्मी खड्का, जिल्ला कार्यसमिति सदस्य गोकुल भाट, राम बहादुर कुँवर, सुरत कुँवर, क्षेत्रिय सचिव गणेश खड्का, सदस्य कुलबादुर साउद,चौरपाटी गाउपालिका कार्यसमिति सभापति देउमल खड्का, दलित संघ केन्द्रीय सदस्य टक्कर ताम्राकार, दलित संघ जिल्ला कार्यसमिति उपसभापति नैनसिहं थलारी, लगाएत कार्यक्रममा उपस्थित सम्पुर्ण नेता कर्यकता,भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले एक आपसमा नँया वर्षको शुभकामना आदानप्रदान गर्नु भएको थियो। प्रदेश सदस्य क्षेत्र कुमारी खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव संगिता के.सी कुँवरले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया