अछाम:अछामको मंगलसेन नगरपालिकाले बान्नीगढी जयगढ बजारका अग्नि पिडितलाई १ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
नगरपालिकाको १०औ कार्यपालिकाको बैठकले अग्नी पिडितलाई राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । गत चैत २६ गते साझ बजारको एक पसल देखि ग्यास बाट आगो सल्केर बजार क्षेत्रमा ठूलो आगलागी भएको थियोे ।
आगलागी नियन्त्रणका लागि नगरपालिकाले दमकल पठाएर आगो नियन्त्रणमा सहयोग गरेको थियो । यश अघि नै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले अग्नि पिडितलाई आफ्नो एक महिनाको सेवा सुविधा समेत दिने घोषणा गरिसकेका छन् ।










