अछाम:बाजुराको त्रिवेणी नगरपालिका तत्कालीन हाकिम ईन्जिनियर र उपभोक्ता समिति बिरुद्ध अख्तियारले बिषेश अदालतमा मुद्दा दायर गरेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, इन्जिनिय रखगेन्द्र साउद उपभोक्ता समितिका अध्यक्ष समेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
त्रिवेणी नगरपालिका वडा नं. ५ स्थित किम्नी खोला पुल निर्माणमा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा वास्तविक फिल्डमा भएको कार्य भन्दा नापी किताबमा बढी चढाई झुट्टा बिल बनाई भुक्तानी दिएको, ढुवानी कार्यको लागि तयार भएको किम्नी खोला ट्रस पुल आयोजनाको लागि थप लागत अनुमानमा स्टिल ट्रसको परिमाण अस्वाभाविक रुपमा बढाई भुक्तानीका लागि सिफारिस भए गरेको, ग्याविन इष्टिमेटमा Machine Made रहेकोमा फिल्डमा Man Made र Mesh Size नमिलेको, गुणस्तरहीन ग्याविन जाली प्रयोग भएको जानी जानी निर्धारित गुणस्तरको हो भनी स्वीकृत दिने कार्य गरेकोको भन्दै अख्तियार मुद्दा दायर गरेको हो।
निर्माण कार्यको गुणस्तर कम गर्ने, आकार परिवर्तन गर्ने, निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गरी त्रिवेणी नगरपालिकालाई गैरकानुनी हानी नोक्सानी पुर्याउने बद्नियतले उपभोक्ता समितिलाई ४ लाख ३१ हजार ४ सय ८६ रुपैयाँ बढी भुक्तानी गरेको मागदाबी लिई बिषेश अदालत मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।










