Advertisement
SKIP THIS
टिकापुर बहुमुखी क्याम्पसमा नेबिसंघको प्यानल बिजयी

अछाम:कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा सयुक्त प्यानललाई पराजित गर्दै नेपाल बिधार्थी संघ बिजयी भएको छ। बिहिवार राति सम्पन्न मत परिणाम अनुसार अध्यक्षमा नेबिसंघका किरण साउद प्यानल सहित बिजयी भएका छन् ।उनले अनेरास्ववियु सहितको सयुक्त प्यानललाई १०५ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन ।

अध्यक्ष नेबिसंका साउदले ६सय ५२ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी सयुक्त प्यानल अनेरास्ववियुका गोबिन्द्र प्रशाद भण्डारी ५ सय ४७ मत पाउदा सचिवमा नेबिंघका छबिलाल न्यौपानेले ६ सय १९ मत पाउँदा सयुक्त प्यानलका नागरिक बिधार्थीका आशिष चौधरीले ५ सय ३ मत पाए।

यस्तै कोषाध्यक्षमा नेबिसंघका डिम्पल चौधरीले ६ सय ६६ मतका साथ बिजयी हुदाँ सयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका सुदिप नेपालले ५ सय ३० मत मात्रै पाए।यस्तै अन्य ८ सदस्य समेत सयुक्त प्यानललाई पराजित गर्दै नेबिसंघका उम्मेदवार बिजयी भएका छन् ।

तपाईको प्रतिक्रिया