अछाम:अछाममा भालुको आक्रमणबाट १ जना घाइते भएका छन् ।
बिहिवार दिउँसो साढे १ बजेतिर जिल्लाको साँफेबगर नगरपालिका १० घुघुरकोटमा भालुको आक्रमणबाट सोही ठाउँका ५१ बर्षिय भक्त बहादुर शाह घाइते भएका हुन।
आफ्नै घर देखि अन्दाजी २०० मिटर पश्चिम तर्फ रहेको काशपाटा भन्ने जंगलमा बाख्रा चराउने क्रममा जंगली जनावर भालुले आक्रमण गरी घाईते बनाएको अछाम प्रहरीले जनाएको छ।
भालुको आक्रमणबाट घाइते शाहको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा ल्याइ उपचार भइरहेको,भालुको आक्रमणबाट उनको टाउको, दुबै आंखा, दाहिने गाला, बांया कान, छाती पेटमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ।










