Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाद्वारा आगलागी पिडितलाई राहत बितरण सुरु

अछाम:बान्नीगढी जयगढ गाउँपालिका द्वारा आगलागी पिडितलाई राहत बितरण सुरु गरेको छ। चैत २६ साझँ गते गाउँपालिकाको केन्द्र जयगढ बजारमा आगलागीबाट बिस्थापित भएका २४ घर पहिलो चरणमा राहत स्वरुप परिवारलाई खाद्यान्न, लुगाकपडा बितरण गरिएको तथ्यांक संकलन तथा राहत बितरण एवम् ब्यावस्थापन समिति संयोजक वडा नं ४ का अध्यक्ष किरण खत्रिले बताए ।

पिडित २४ घर परिवारको चाहना अनुसार कसैले खाद्यान्न,लुगा कपडा र बासको व्यवस्था गरिएको संयोजक खत्रि बताए । द्रोस्रो चरणमा क्षतिको यकिन बिवरण संकलन गरि पुनस्र्थापनको लागि काम हुने अहिले रेडक्रसले उपलब्ध गराएको सामाग्री र पालिकाले खरिद गरेको सामग्री पिडित परिवारहरुलाई बितरण गरिएको संयोजक खत्रीले बताए ।

तपाईको प्रतिक्रिया