Advertisement
SKIP THIS
बान्नीगढीका आगलागी पिडितलाई एमाले अछामले १ लाख ११हजार आर्थिक सहयोग गर्ने

अछाम :बान्निगढी जयगढ गाउपालिका जयगढ बजारका आगलागी पिडितहरुको उद्धार तथा राहतका लागि नेकपा एमाले अछामले तत्काल १ लाख ११ हजार रकम आर्थिक उपलव्ध गराउने भएको छ ।

हिजो मंगलबार बेलुकी साँझ ७:२० बजेको समयमा बान्निगढी जयगढ गाउँपालिका अन्तरगत जयगढ बजारमा भएको आगलागीबाट ३१ भन्दा बढि घर, पसल तथा टहरा जलेर नस्ट भई करोडौँको क्षति भएको घटनाप्रति दुख व्यक्त गर्दै पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्ने घोषणा गरिएको हो ।

 

तपाईको प्रतिक्रिया