अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा लागेको आगो करिव ५ घण्टापछि नियन्त्रणमा आएको छ। साँझ ७:२० बजेतिर बिच बजारको आईएमी सेन्टरबाट लागेको आगो ग्यास, ईन्भटर ब्याट्री पट्कदा ठुलो रुप लिएको थियोे । मंगलसेन नगरपालिका दमकल, स्थानीय ,नेपाल प्रहरी,ससस्त्र प्रहरी ,नेपाल आर्मि र साँफेबगर नगरपालिका ७ रिडिकोटको ट्याङ्करले राति करिब साढे १२ बजेतिर पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियोे ।।बान्नीगढी जयगढ गाउँपालिकाको डोजरले घर भत्काएर आगो थप अगाडि बढ्न दिएको थिएन।
आगलागीबाट ढुंङ्गा माटोले बनेका १० वटा घर,टिनले बनेको १५ वटा ,पक्की (RCC) घर – २ वटा गरी २७ वटा घर टहरा पूर्णरुपमा जलेर ध्वस्त भएका जसमा ११ वटा पसल समेत रहेका छन। आईएमि पसल सुनचाँदी पसल, कपडा पसल, भाडा पसल ,मोबाइल पसल, कम्पुटर पसल जलेर ध्वस्त भएका छन् ।आगलागीबाट करिब ७ करोड बढीको क्षति भएको अनुमान गरिएको छ।










