अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भिषण आगलागी भईरहेको छ।
अहिले केहिबेर अगाडि जयगढ बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केर आगो लागेको हो । आगो लागेको २० मिनेट भइसक्दा समेत आगो नियन्त्रणमा आउन सकिरहेको छैन।
आगो नियन्त्रणका लागि करिव ३० किलोमिटर टाढा रहेको मंगलसेन नगरपालिकाको दमकल आउदै गरेको छ।










