Advertisement
SKIP THIS
बयालपाटा अस्पतालबारे स्थानीय तहका जनप्रतिनिधिसँग कांग्रेसको छलफल, कोहि उपस्थिति कोहि देउडा खेलमा गित भन्दै

अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितीले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधानका लागी क्षेत्र नं. १ का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि संग छलफल सम्पन्न गरेको छ ।

बयालपाटा अस्पतालले झेलिरहेको आर्थिक संकटको समाधानका लागि ठोस निर्णयमा पुग्नका लागी अछाम क्षेत्र नं. १ भरि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का नेता कार्यकर्ताका माझ सामुहिक छलफल गरीएको हो ।

छलफलमा साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवर ,रामारोशन गाउँपालिकम अध्यक्ष मान बहादुर साउद र चौरपाटी गाउँपालिका उपाध्यक्ष सर खड्का,मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्का मउपस्थित थीए।चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउद पालिकाको काम बिषेशले धनगढी हुदाँ बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद भने सरकारी गाडि लिएर वडा नं ५ कालिकाको बाचकोटमा देउडा खेलमा गित भनिरहेका थिए ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का क्षेत्रिय सभापती कृष्ण बहादुर बुढाको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा अछाम जिल्ला क्षेत्र नंं. १ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पाँच वटै स्थानिय तहका जनप्रतिनिधीहरुलाई बयालपाटा अस्पताललाई आर्थिक अभाव हुन नदिने र आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी लिन निर्देशन दिने भनि निर्णय गरीएको छ । 

कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस अछामका निवर्तमान सभापती भरत कुमार स्वाँरले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधान गर्न अब नेपाली कांग्रेसले ठोस निर्णय सहित अघाडि बढ्नुपर्ने आवश्यक रहेको बताए । अबका दिनमा केन्द्र र प्रदेश सरकारको मुख ताक्न भन्दा पनि नेपाली कांग्रेसले विजय हासिल गरेका स्थानिय तह र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले ठोस निर्णय गर्दै बयालपाटा अस्पताललाई आवश्यक बजेट यथाशिघ्र उपलब्ध गराउनुपर्ने बताएका थिए । 

कार्यक्रमको समापन गर्दै नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का क्षेत्रिय सभापती कृष्ण बहादुर बुढाले बयालपाटा अस्पतालको आर्थिक समस्या हरेक अछामीको समस्या भएका कारण जनताको हितमा काम गर्न नेपाली कांग्रेसबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले हात कमाउनुपर्ने आवश्यक नरहेको बताए । जनताको हितमा काम गर्दा जनप्रतिनिधिले आलोचना खेप्नुपरे समग्र नेपाली कांग्रेस त्यसको प्रतिवाद गर्न तयार रहेको सभापति कृष्ण बुढाले बताए ।

तपाईको प्रतिक्रिया