Advertisement
SKIP THIS
कामै नगरी पैसा खाने तत्कालीन अध्यक्ष सहित ७ जना बिरुद्ध मुद्दा दर्ता

काठमाडौं:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधवार बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध गैर कानुनी लाभ तथा हानी, गलत लिखत तयार एवं सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

सातै जनाविरुद्ध जनही १४ लाख ८ हजार ८ सय १७ रुपैया बिगो माग दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया