Advertisement
SKIP THIS
अछामको बान्नीगढीमा करेन्ट लागेर १ किशोरीको मृत्यु

अछाम :अछामको बान्नीगढीमा करेन्ट लागेर १ किशोरीको मृत्यु
भएको छ। सोमबार बेलुका ६:५० बजेतिर बान्निगढी जयगढ गाउँपालिका ६ दर्ना चन्डालीकि १८ बर्षिय सुनिता कडायतको घर देखि करिव ८०० मिटरको दुरीमा रहेको बाजो खरबारीबाट बाख्रा चराई घर तर्फ आउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

राष्ट्रिय प्रसारण लाइनको बिजुलीको पोलमा रहेका ३ ओटा तारमध्ये बिचको तार इन्सुलेटरबाट छुट्न गइ बोलमै रहेको अर्को फलामको तार अड्काउने क्रसआर्ममा छोइएकोले पोलमा करेन्ट प्रवाह हुदाँ उनको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।मृतक किशोरी सोही ठाउँको ऎश्वर्य माध्यमिक बिधालयमा कक्षा ११ मा अध्ययनरत थिईन।

तपाईको प्रतिक्रिया