Advertisement
SKIP THIS
अछाममा प्राथमिक तहका ४२ शिक्षकलाई नियुक्ति र पदस्थापनाका लागि सम्बन्धित स्थानीय तह पठाईयो

अछाम:शिक्षक सेवा आयोगबाट अछाम जिल्लामा सिफारिस भए आएका प्राथमिक तह त्रितिय श्रेणीका ४२ शिक्षकहरुलाई नियुक्ति दिईएको छ।आईतवार शिक्षा समितिका अछामका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख ललित बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उनिहरुलाई स्थायी नियुक्ति पत्र बितरण गरि पदस्थापनाका लागि सम्बन्धित स्थानीय पठाईएको छ।

कार्यक्रम बोल्लै समन्वय प्रमुख कुँवरले प्राथमिक तहका शिक्षकरुको बिधार्थीलाई सहि बाटोमा डोर्‍याउन महत्त्वपूर्ण भुमिका रहेको बताए । प्राथमिक तहका बिधार्थी काचो माटो भएको उनिहरुलाई कस्तो स्वरुप दिने भनेर प्राथमिकतहका शिक्षकहरुको काम भएको बताए ।

बालबालिकाले अधिकांश कुरा प्राथमिक तहमै सिक्ने भएकाले नविनतम ज्ञान सीप प्रयोग गरेर शिक्षा आमूल परिवर्तन गर्न नियुक्ति भएका शिक्षकहरुलाई आग्रह गरे।कार्यक्रममा प्रमुख कुँवर र शिक्षा समन्वय ईकाई अछामका प्रमुख अम्बादत्त जोशिले सिफारिस भई आएका शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान सहित शुभकामना दिएका थिए ।कार्यक्रमको सञ्चालन बिधालय प्रशासन शाखा प्रमुख मदन बिष्टले गरेका थिए ।

पदस्थापनाका लागि साफेबगर नगरपालिकामा ४ जना, मंगलसेन नगरपालिकामा ७ जना, कमलबजार नगरपालिका ३ जना,पञ्चदेवल बिनायक नगरपालिकामा ६ जना ,तुर्माखाद गाउँपालिकामा ५ जना,ढकारी गाउँपालिकामा ३ जना,रामारोशन गाउँपालिकामा ५ जना,मेल्लेख गाउँपालिकामा २ जना, बान्नीगढी जयगढ गाउँपालिकामा २ जना,चौरपाटी गाउँपालिका ५ जनालाई पठाईएको छ।

तपाईको प्रतिक्रिया