Advertisement
SKIP THIS
तीन तहका सरकार बिच समन्वय सहजिकरण हुन जरुरी छ, मन्त्री खड्का

धनगढी:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननिय मेघराज खड्काले तिनै तहका सरकारले योजनाहरु आवश्यकताको पहिचान गरि छनोट गरिनुपर्ने बताए छन् ।

शुक्रबार धनगढीमा नेपाल सरकार राष्ट्रिय योजना आयोगले आयोजना गरेको सोह्रौ योजनाको कार्यान्वयन समपुरक तथा विशेष अनुदान र बहुक्षेत्रीय पोषण योजना लगायतका विषयमा प्रदेश र स्थानिय तह लक्षित दुई दिने अन्तरक्रिया कार्यक्रम प्रमुख आतिथिको आसनबाट बोल्दै उनलेे तिनै तहका सरकारले योजनाहरु आवश्यकताको पहिचान गरि छनोट गरेर सञ्चालन गरेमात्रै प्रभावकारिता बढ्ने बताए ।

आवश्यकताहरुको पहिचान र योजना माग गर्दा समेत एकरुपताका साथ माग ,आवश्यकता हेरेर प्राथमिकिकरण गर्न सुझाव दिए। कानुनले दिएका अधिकारहरु अनुसार कामहरु छुट्याएर स्थानीय तहले गर्ने, प्रदेशले गर्ने र केन्द्रले गर्न आग्रह गरे।

यस्तै मन्त्री खड्काले राष्ट्रिय योजना आयोगले स्थानीयतहरुलाई समेत बर्गिकरण गरेर काम गरिरहेको,संघिय सरकारले गरेका कामहरु कपि गर्ने चलन बढेकाले बिधि अनुसार काम गर्छौ भनेर मञ्च बोल्ने तर बोलेका कुराहरु ब्यावहारमा प्रयोग नगर्ने परिपाटी रहेको बताए ।

प्रदेश सरकारमा समेत पालिका प्रमुख एक योजनाको लिस्ट ल्याउने तर सोही वडाको अध्यक्षले अर्को योजनाको लिस्ट ल्याउने अवस्था रहेको र त्यहि वडाको बिधालयको प्रधानाध्यापक र अध्यक्ष फरक योजना ल्याउने अवस्था रहेकोे बताए ।तीन तहका सरकारको समन्वय सहजिकरण हुनुपर्ने जोड दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया