Advertisement
SKIP THIS
सरोकारवालाले भने बयालपाटा अस्पतालको दिगो ब्यावस्थापन हुनुपर्यो

अछाम :अछामको बयलपाटा अस्पताल संचालनमा देखिएका समस्या समाधानका लागि सरोकारवालाहरु एकजुट भएका छन् ।उनिहरुले साँफेबगरमा पहिलाे भेला गरि अस्पताललाई दिगो सञ्चालन र ब्यावस्थापनका लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बनाएको बिज्ञ टोलि सहित अन्य सरोकारवालाहरुसँग सहकार्य गरि काम गर्ने निर्णय गरेको छ।

साँफेबगर नगरपालिका आर्थिक बर्ष २०८१/०८२ मा बिनियोजित गरेको ५० लाख तुरुन्त अस्पताललाई भुक्तानी गर्नुपर्ने, अस्पताल बन्द हुने अवस्थामा रहेकोले अस्पताल ब्यावसथापनका लागि नगरपालिकालाई १० करोड रुपैयाँ माग गर्ने निर्णय गरेको छ।

शुक्रबार साँफेबगर नगरपालिका निवर्तमान नगर प्रमुख कुल बहादुर कुँवरको अध्यक्ष्ातामा बसेको बैठकमा पुर्व जिल्ला बिकास सभापति भरत कुमार स्वार,साँफेबगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख नवराज बुढा लगाएत २ दर्जन बढी सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया