अछाम:ब्यावहार परिवर्तन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनमा सम्पन्न भएको छ।
“अरुसँग त्यस्तो व्यावहार नगर,जुन व्यवहार अरुले तिमिसँग गर्दा रिष उठ्न” भन्ने मुल नाराका साथ बिहिवार जयगढ गाउँपालिका ४ तिमिल्सैनको आयोजनामा अलकनन्दा माध्यमिक बिधालयमा कार्यक्रम सम्पन्न भएको हो।
वडा अध्यक्ष श्री किरण बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका जनप्रतिनिधि, विद्यालयका प्र.अ., तिमिल्सैन स्वास्थ्य चौकी प्रमुख, महिला संञ्जाल, किशोरी समूह, महिला स्वास्थ्य स्वयम सेविका तथा अन्य गरी ४८ जनाको सहभागीात रहेको थियोे ।
समाजको परिवर्तनका लागि व्यक्तिहरुको सोच, दृष्ट्रिकोणमा सकारात्मक परिवर्तन आए मात्रै समाज परिवर्तन हुने बताए ।पछिल्लो समयमा नकारात्मक चिन्तन बढ्दै गईरहेकोले सबैले सकारात्मक चिन्तनका साथ अगाडि बढ्नपर्ने,राम्रो बानी बसाले आत्मविश्वास बढ्ने अनुशासनमा सुधार हुने बताए ।कार्यक्रमको सहजीकरण पूजा शाहले गरेको कार्यक्रमको सञ्चालन वडा सचिव समिक्षा थापाले गरेकि थिईन।