सुरत सुनार अछाम:मेल्लेख गाउँपालिका-८ का नेपाली कांग्रेस टोल विकास समिति सभापति नैनसिंह लुहारको श्रदान्जली सभा बिहीबार आयोजना गरिएको छ।
लुहारको ७६ वर्षको उमेरमा गत फागुन २२ गते निधन भएकाले थियो। मेल्लेख गाउपालिका-८ का वडा सभापति दिलिप सुनारको अध्यक्षतामा भएको श्रदान्जली सभामा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति भरत कुमार स्वार प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर विशिष्ट अतिथि रहेका थिए।
श्रदान्जली सभामा क्षेत्रीय पार्टी सभापति कृष्ण बहादुर बुढा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राम बहादुर कुँवर, निर्प आउजी, कासिराम रोकाया, मेल्लेख गाउँपालिका पूर्व उपाध्यक्ष धन बहादुर शाह, नेपाली कांग्रेस मेल्लेख गाउँपालिका सभापति खकिन्द्र साउद, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गोकुल शाह लगायतले शोकमन्तव्य राखेका थिए।
यस्तै नेपाल किसान महासंघ जिल्ला समिति सदस्य शंकर साउद, मेल्लेख-४ का वडा सभापति सालिभान साउद, कालिका माविका प्रधानाध्यापक नरेश साउद, बेतालमाडौं आधारभूत विद्यालयका प्रधानाध्यापक तेज साउद, मृतकका छोरा चन्द्रबहादुर टमट्टालगायतले शोकमन्तव्य राखेका थिए।
श्रद्धाञ्जली सभामा उपस्थित सबैले मृतकप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गरे।










