Advertisement
SKIP THIS
अछाममा बिप्लव नेता ‘सी’ कारागार चलान

अछाम:राज्य बिरुद्ध कसुर र चन्द असुली मुद्दामा फैसला भई फरार रहेका नेपाल कम्युनिस्ट पार्टी बिप्लप अछामका सचिवालय सदस्य एवम् केन्द्रीय प्रतिनिधि समिति सदस्य तिलक सी` प्रकाउ परेका छन।सोमबार मङ्गलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँबाट उनलाई प्रकाउ अछामको प्रहरीले जनाएको छ।

जिल्ला अदालत अछामबाट २०७७ माघ २४ गते राज्य बिरुद्वको कसुर र चन्दा असुली मुद्दामा १ महिना १० दिन कैद र रु ५०० जरिवाना फैसला भएकोमा उनी फरार रहेका थिए । प्रकाउ परेका उनलाई जिल्ला अदालत अछाममा पेश गरिएको र अदालतले कारागार पठाउने आदेश दिएकोले कारागार चलान गरिएको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया