अछाम :अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते भएका छन्।
जिल्लाको मेल्लेखगाउँपालिका–६ षोडशा माडीगडा बस्ने रतिराम बोहराको घरमा आइतवार बेलुकी चट्याङ पर्दा बोहराकी १९ वर्षीया छोरी मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।
घाइते दुबै जना दिदीबहिनीको बयलपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।