Advertisement
SKIP THIS
हावाहुरीले रामारोशनमा तरकारी खेतिमा लाखौंको क्षति, भरत बिष्ट एक्लैको २० लाख

अछाम: आज बिहान आएको हावाहुरीले अछामको रामारोशनमा किसानको लाखौंको क्षति पुर्याएको छ। शनिबार बिहान एक्कासि आएको हावाहुरीले रामारोशन ४ बाटुलासैनका युवा किसान भरत बिष्टका २८ वटा टनेल र भित्र लगाएका तरकारी बालिमा क्षति पुर्याऐको छ।

यस्तै सोहि ठाउँका अन्य समुहहरुले गरिरहेका तरकारी खेतीका २० बढी टनेल क्षति पुर्याएको छ। २८ वटा टनेल बजार पठाउन तयारी पारिएका टमाटर,बन्दा र अन्य लगाएका तरकारी गरि आफ्नो एक्लैको २० लाख बढीको क्षति भएको किसान बिष्टले बताए ।

बिहान चारैतिरबाट एक्कासि हावाहुरी चल्दा टनेलहरु कच्याङकुचुङ पारेर पालहरु च्यात्तिएको उनलेे बताए । आफ्नो गरिखाने यहीँ पेशा भएको गाउघरमै कृषिमै केही गरौं भनेर तरकारी खेती गरिरहेको आज आएको हावाहुरीले कृषि पेशाबाटै पलाएन हुने अवस्था आएको बिष्टले बताए ।

१ दशक देखि अछामको रामारोशनमा तरकारी खेति गर्दै आएका बिष्ट अछामकै सफल तरकारी किसानको रुपमा परिचित छन।

तपाईको प्रतिक्रिया