Advertisement
SKIP THIS
कांग्रेस नेता सावदको निर्माण कम्पनी ‘राजेन्द्र निर्माण सेवा’ कालोसूची पर्यो

डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर सावद नेतृत्वको निर्माण कम्पनी ‘राजेन्द्र निर्माण सेवा’ एक वर्षका लागि कालोसूचीमा परेको छ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो।

आजकै मितिदेखि लागु हुने गरी एक वर्षसम्मका लागि कालोसूचीमा राखेको सूचनामा उल्लेख छ।

सावदको कम्पनीलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो।

जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ।

त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन्।

तपाईको प्रतिक्रिया