अछाम:अछामको साँफेबगर नगरपालिका २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेपाल बिधार्थि संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिव राजकला खड्का ,काेषाअध्यक्ष भगवती कुँवर , सदस्य रविना महता , पवन कुँवर , बिबिका कुँवर , टेक बहादुर साउद,अखिल क्रान्तिकारी सदस्य एकेन्द्र ढाेली ,समानुपातिक सदस्य झनक बाेहरा, समीर कुँवर ,अाकास चाैधरी, रमिता कुँवर , दृष्टि स्वार, छाया शर्मा,सुवास कुँवर निर्वाचीत भएका छन्।।
मंगलबार कुँवर पुनः त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा कमल कुँवर निर्वाचित भएका छन् ।गत कार्यकालमा आफुले गरेका कामहरुको मुल्यांकन गरेर संगठनले पुन: जिम्मेवारी सहित चुनावी मैदान पठाएकोले आफु पुनः एकपटक स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएको कुँवरले बताए ।
आगामी दिनमा बाकी अधुरा रहेका काम र बिधार्थीका हकहितका लागि काम गर्न आफुलाई स्ववियु सभापति निर्विरोध निर्वाचित गराउने सबैमा कुँवरले धन्यवाद दिए।