Advertisement
SKIP THIS
अछामको ढकारी गाउँपालिकामा कृषि मेला प्रदर्शन आयोजना(फोटो सहित)

कृषि उपले बजार पाउनका लागि उत्पादन बढाऔं,समन्वय प्रमुख कुँवरले

ढकारी:अछामको ढकारी गाउँपालिकामा शुक्रबार कृषि मेला प्रदर्शन आयोजना गरिएको छ।पालिकाको कृषि शाखा र साहस नेपालको संयुक्त आयोजनामा आयोजित मेलामा पालिकाका सबै वडाका कृषक समूहहरुले आफूले उत्पादन गरेका तरकारी, फलफूल, तथा अन्नबाली प्रदर्शन गरिएको छ। सोही अवसरमा नसर्ने राेगको स्वास्थ्य शिविरसमेत संचालन गरिएको थियो।

प्रदर्शनीमा प्रथम प्रगतिशिल महिला कृषक समूह, दोस्रो शान्ति महिला कृषक समूह, तेस्रो हुने पशुपति कृषक समूह तथा सान्त्वना त्रिपुरेश्वरी महिला कृषक समूह, बुढीतोला कृषक समूह र लालिगुरास कृषक समूह भएका छन्। प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार, तेस्रो हुनेलाई ६ हजार तथा सान्त्वना हुनेलाई चार हजारका दरले नगद पुरस्कारसमेत प्रदान गरिएको छ।

जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले कृषिमा लगानी मात्रै नगरेर लगानी अनुसारको प्रतिफलबारे समिक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार
अछामको ढकारी गाउँपालिकाको आयोजनामा ढकारी गाउँपालिका स्तरीय दोस्रो कृषि मेला प्रदर्शनि कार्यक्रममा प्रमुख आथितिको आसनबाट बोल्दै कुँवरले राज्य कृषि क्षेत्रमा लगानि गरेपनि लगानी अनुसार प्रतिफल आउन नसकेको बताए । कृषि क्षेत्रकै लागि भनेर तीन तहका सरकारले आ आफ्नै सयन्त्र र बिभिन्न संघ सस्थाले काम गरेपनि कृषि क्षेत्र बर्सेनि बढ्नुको सट्टा घटिरहेको बताए ।

अहिले केही मात्रामा मात्रै नागरिकहरु कृषि पेशामा लागेका तर उनिहरुले पनि थौरौ मात्रामा उत्पादन गर्ने गरेका कारण सो उत्पादन बजार नपाउने अवस्था रहेको बताए । कृषि उपचले बजार पाउनका लागि धैरै मात्रामा उत्पादन गर्नुपर्ने बताए ।थौरै उत्पादन गर्दा बजार पुर्याउनु पर्ने बजारमा समेत मुल्य नपाउने तर धैरै मात्रामा उत्पादन गर्दा ब्यापारी खेत बारिमै पुगेर उत्पादन लिने अवस्था रहेकोले सकेसम्म बढी मात्रामा कृषि उपज उत्पादन गर्न आग्रह गरे ।

यस्तै कार्यक्रमका अध्यक्ष तथा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदले सिप सिक्ने प्रमाणपत्र पाए पछि भाग्ने सिकेको कुरा ब्यावहारमा लागू नहुने अवस्था रहेको बताए ।सीप सिकेकाले आर्थिक अभावकै कारण पलायन हुने अवस्था आफुले हुन नदिने बताए ।सीप सिकेर गाउँमै गर्न चाहनेहरु गाउँपालिकमा आए पालिकाले सहयोग गर्ने बताए । आफुलाई चाहिने कृषि उपज प्रयाप्त मात्रा मात्रै उत्पादन गरेपनि कृषिमा आत्मनिर्भर हुने अध्यक्ष साउदले बताए ।

तपाईको प्रतिक्रिया