अछाम:घरेलु तथा साना उद्योग कार्यालय अछाम ३ महिना देखि कार्यालय प्रमुख बिहिन बनेको छ।पौष १३ गते तत्कालीन कार्यालय प्रमुख भिम बहादुर सिंह मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढी गएपछि हालसम्म मुख्यमन्त्री कार्यालयले कार्यालय प्रमुख पठाउन सकेको छैन ।
पटकपटक कार्यालय प्रमुख पठाईदिन आफुहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढी आग्रह गरेपनि हुन्छ हुन्छ भन्दै ३ महिना टारेको तर हालसम्म पनि कार्यालय प्रमुख नपठाएको घरेलु तथा साना उद्योग कार्यालय अछामका सूचना अधिकारी चेतराज पनेरुले बताए ।
कार्यालय प्रमुख नहुदाँ ३ महिनादेखि कर्मचारीले तलव नपाएका कार्यालयले दिनुपर्ने आर्थिक गतिविधि ठप्प रहेको ,कार्यालय प्रमुखको हैसियतले गर्नुपर्ने निर्णय हुन नसकेको सूचना अधिकारी पनेरुले बताए । ३ महिना देखि कार्यालय प्रमुख नहुदाँ सेवाग्राहिले सास्ती खेप्नु परेको छ।
कार्यालयले गर्नुपर्ने सीप बिकास तालिम समेत सञ्चालन हुन नसकेको कार्यालय जनाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय,घरेलु कार्यालय अछाममा कार्यालय प्रमुख नभएको बारे जानकार रहेपनि कांग्रेस एमाले सयुक्त सरकार रहेकाले कुनै पनि ठाउँमा कार्यालय प्रमुख पठाउनका लागि २ दल बिच सहमति भएर मात्रै पठाउने गरिएकाले घरेलु तथा साना उद्योग कार्यालय अछाममा भागबन्डा नमिलेका कारण आएका छैनन् । स्रोतका अनुसार कार्यालय प्रमुखका लागि २ छैठौं तहका अधिकृतहरुको हानथाप हुदाँ अहिलेसम्म मुख्यमन्त्री कार्यालयले प्रमुख पठाउन नसकेको हो।









