बाजुरा:बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायालाई गालि गलोज सहित ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको छ । अध्यक्ष रोकायालाई विभिन्न किसिमका अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको अडियो सामाजिक संजालबाट बाहिरिएको छ ।
सोही गाउँपालिकाका ईन्जिनियर दिपक शाहीका बुवा रामबहादुर शाहीले गाउँपालिकाका अध्यक्ष भरत रोकायालाई लागाीगलोज सहित धम्की दिएको अडियो सार्वजनिक भएको पाईएको छ ।
यस आर्थिक बर्षको कार्तिक २७ गते मुक्तिकोट खाध्य डिपो निर्माण गर्न ५ करोड रुपैयाको लगानीमा गाउँपालिकाले ठेक्का आहान गरेको थियो,त्यसलाई विभिन्न टिकाटिप्णी गर्दै सोमबार गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
गाउँपालिकामा तालाबन्दि गरिसकेपछी यहाँका केही व्यक्तीहरुले आफु माथी विभिन्न किसिमका अपशव्द प्रयोग गर्दै धम्की दिने गरेको अध्यक्ष रोकायाले बताए ।
आफुले खाद्य डिपोको ठेक्का नपाएपछि सोही गाउँपालिका ईन्जिनियर दिपक शाहीका बुवा रामबहादुर शाहीले गाउँपालिकाका अध्यक्ष भरत रोकायालाई ज्यान मार्ने धम्की दिएका हुन।










