Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका १३ बाब्लामा बन्यो मातृभूमि जागरणको तदर्थ समिति

साँफेबगर:मातृभूमि जागरण अभियानको साँफेबगर नगरपालिका-१३ बाब्लामा तदर्थ समिति गठन गरिएको छ।

शनिवार भएको भेलाले धर्वेन्द्र कुँवर (चक्र) को संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो।

सदस्य सचिवमा मनबहादुर साउद रहेका छन्। १३ सदस्सीय समितिका सदस्यहरुमा मनकला कुमारी रावल, भागी साउद, ईश्वरा कुमारी साउद, विक्रम विष्ट, कालु बाब्ली, देवेन्द्र बाब्ली, नृप बटाला, पदम सार्की, किडी नेपाली, उदै बटाला र पदम बाब्ली रहेका छन्।
भेलामा गोविन्द बहादु कुँवर, दुधकला विष्ट, हर्क कुँवर, ढकेन्द्र कुँवर, सागर बाब्लीलगायतको उपस्थिति रहेको रतन रावलले जानकारी दिए।

तपाईको प्रतिक्रिया