अछाम:नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको अध्यक्षमा कृष्ण बहादुर विक निर्विरोध निर्वाचित भएका छन्।
शनिवार सम्पन्न संगठनको १३ औ जिल्ला अधिवेशनबाट विकको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो।
संगठनको महिला उपाध्यक्षमा सारदा सिजापति, उपाध्यक्षमा तपेन्द्र बहादुर शाही, सचिवमा महेन्द्र बहादुर बयक, कोषाध्यक्षमा जयन्द्रबहादुर कुँवर, सहकोषाध्यक्षमा चन्द्रकला बिष्ट र सहसचिवमा अर्चना ढकाल चयन भएका छन्।