अछाम:अछाममा नेकपा एमाले नेत्रि भुजेर सवारी मोटरसाइकल र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् ।शुक्रबार जिल्लाको मेल्लेख गाउँपालिका-७ नन्देगडामा जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक मंगलसेन-६ बस्ने २२ वर्षीय भीम भण्डारी र पछाडि सवार रिडिकोट बस्ने ४८ वर्षीया राधिका भुजेल घाइते भएकी छिन्।
वडा नम्बर ६ षोडशाबाट साँफेबगरतर्फ गइरहेको सु.प.प्र.०१-००१ ज ४२६ नम्बरको जीप र विपरित दिशाबाट आइरहेको सु.प.प्र.०१-००८ प ६५६८ को पल्सर मोटर साइकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो। चालक भण्डारीको दाँया हात र खुट्टामा चोट लागेको र भुजेलको दाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुबै जनाको बयलपाटा अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप चालक ३६ वर्षीय गणेश बोहराले घुम्तिमा ठोक्किएको बताए। उनले घाइते दुबैलाई आफै जीपमा राखेर उपचारका लागि अस्पताल लगेका हुन्।










