Advertisement
SKIP THIS
बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण

निराकरण खबर अछाम:नेपाली कांग्रेसले बयालपाटा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको शताब्दीऔ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नंं.१ को आयोजनामा अस्पतालमा भर्ना भएका ४८ जना बिरामीलाई फलफुल वितरण गरिएको क्षेत्रिय सभापती कृष्ण बुढाले जानकारी दिए । कांग्रेस क्षेत्रिय सभापती कृष्ण बुढाको अध्यक्षतामा भएको फलफुल वितरण कार्यक्रममा पूर्व पार्टी सभापती एवंम महासमिती सदस्य भरत कुमार स्वाँर प्रमुख अथिति रहेका थिए ।

प्रमुख अथिति रहेका नेता स्वाँरले स्व. गिरिजा प्रसाद कोईरालालाई स्मरण गर्दै उनको योग्दानमा देशमा गणतन्त्र स्थापित भएको बताए । स्व. कोईरालाले देशमा निशुल्क शिक्षा, स्वास्थ्य हुनुपर्छ र देश विकासमा ठुलो योग्दान दिएको नेता स्वाँरले स्मरण गरे । स्व. नेता कोईरालाले युद्धमा रहेको माओबादीलाई १२ बुदे सहमतीमा ल्याएर शान्ति ल्याउन अतुलनिय योगदान गर्नुका साथै जनताले आफ्ना आधारभुत आवश्यक्ता निशुल्क पाउन पर्छ भनेर मृत्युशैयामा हुदाँसम्म पनि लागिपरेको नेता स्वारले बताए ।

अहिलेको नेताहरुले गणतन्त्रको दुरुपयोग गर्दे बदमासी गर्नु बाहेक जनताका लागि काम नगरेको बताए । पूर्व जिविस सभापति रहेका नेता स्वाँरले बयालपाटा अस्पताल प्रदेशको मारमा परेको भन्दै नेता स्वाँरले यसका लागि जुनसुकै सरकार आएपनि सबैले एक भएर लाग्नुपर्ने बताए । बयालपाटा अस्पताल सुदूर पहाड र कर्णाली प्रदेशका केही जिल्लाको मुटु भएको भन्दै उनले यो बन्द भएमा यस क्षेत्रका जनताको अकालमा मृत्यु निश्चितप्राय रहेको बताए ।

फलफुल वितरण कार्यक्रममा पार्टी उपसभापती अर्जुन ताम्राकार, क्षेत्र नं. २ का सभापती पुष्पराज शर्मा, जिल्ला समन्वय समिती अछामका प्रमुख ललितबहादुर कुवँर, महासमिति सदस्य युवा नेता जयन्द्र स्वाँर, जिल्ला कार्य समिति सदस्य राम कुँवर, गोकुल भाट, प्रदेश सभा सभापती महेश खड्का, साँफेबगर नगर कार्यसमिति सभापती लालबहादुर कुँवर नेत्र, बान्नीगढी जयगढ गाँउ कार्य समिती सभापती कर्ण ठकुल्ला, वडाध्यक्ष प्रकाश अधिकारी, जनक कडायत, नेविसंघका केन्द्रिय सदस्य उमेश कुवँर, सुशिल कुँवर, नेबि संघका जिल्ला अध्यक्ष खेमराज खड्का लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया