अछाम:अछाम जिल्लामा संघिय सरकारका १ उपप्रधानमन्त्री सहित २ मन्त्री आउन लागेका छन् । उनिहरु फरकफरक कामका लागि अछाम आउन लागेका हुन।
अछाम आउनेमा उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिहं, गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रशाद पाण्डे रहेका छन।
उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिहं १९ गते पञ्चदेवल बिनायक नगरपालिका अछामको नवनिर्मित प्रशासनिक भवनको उद्घाटनको लागि हेलिकप्टरबाट अछाम आउने र गृहमन्त्री रमेश लेखक राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अस्थाई समन्वय सम्पर्क कार्यालय उद्घाटनका लागि गते २० गते अछाम आउन लागेका हुन।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रशाद पाण्डे १६ गते आज कमलबजार बिमानस्थल उद्घाटनको लागि तारा एयरलाइन्सको जहाजबाट आउने कार्यक्रम रहेको छ।










