Advertisement
SKIP THIS
बिधार्थीलाई शैक्षिक सामाग्री बितरण

बाजुरा:बाजुराको स्वामिकार्तिक गाउँपालिका ३ भैरवनाथ आधारभूत विद्यालयका बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ।

मंगलबार भैरव नाथ आधारभुत विद्यालय ठुलापाटाका विद्यार्थीलाई झाेला र कापी वितरण गरिएको हो। सामाजिक अभियानता रिता शाहिले उक्त विद्यालयका सम्पूर्ण विद्यार्थीलाई झाेला कापी वितरण गरेकी छन ।

उक्त कार्यक्रमका प्रमुख अथिति नेपाली काँग्रेस महाअधिवेशन प्रति निधि कमल बुढा रहेका थिए । बिधालयका ९० प्रतिशत भन्दा बढि विपन्न तथा दलित विद्यार्थीलाई झाेला र कापी वितरण गरिएको अभियान्ता रिता शाहिले बताईन।

तपाईको प्रतिक्रिया