Advertisement
SKIP THIS
अछाममा सुत्केरीको हेलिकप्टरबाट उद्दार

अछाम :अत्याधिक रक्तस्राव भएपछि अछामबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका -८ निवासी ३५ वर्षकि रंगि देबि भण्डारी लाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बच्चा जन्मेपछि निरन्तर रक्तस्राव भएको कारण जोखिम न्यूनीकरण गर्न आइतबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष बिकले जानकारी दिए।

दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा भण्डारीको उद्धार गरिएको हो ।

तपाईको प्रतिक्रिया