अछाम:१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मंगलसेन नगरपालिका पहिलो भएको छ।
फाल्गुन ७ गते देखि चौरपाटी गाउँपालिकनामा सुरु भएको रनिङ शिल्ड प्रतियोगिता मा ७ स्वर्ण ६ रजत र ३ कास्य सहित मंगलसेन नगरपालिका पहिलो भएको हो।

यस्तै ५ स्वर्ण, ६ रजत, ५ कास्य सहित पञ्चदेवल बिनायक नगरपालिका द्रोस्रो गत बर्षको पहिलो बनेको साँफेबगर नगरपालिका यसपटक ४ स्वर्ण, ५ रजत, ४ कास्य सहित तेस्रो बनेको छ।
रामाराेशन-३ स्वर्ण, ५ रजत, ३ कास्य चौथो, तुर्माखाद- २ स्वर्ण, ३ कास्य पाँचौ,मेल्लेख- २ स्वर्ण, २ रजत, १ कास्य छैठो,कमलबजार-२ स्वर्ण, १ रजत, ५ कास्य सातौं चाैरपाटी-१ स्वर्ण, २ रजत, २ कास्य आठौं,बान्नीगढी जयगढ ० स्वर्ण,० रजत, १ कास्य नवौं र ढकारी-० स्वर्ण, ० रजत, १ कास्य दशौं स्थानमा रहेका छन् ।










