अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राको नवनिर्मित वडा कार्यालयको उद्घाटन गरिएको छ। आईतवार सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले वडा कार्यालयको उद्घाटन गरे।
उद्घाटन कार्यक्रम पुर्व जिल्ला बिकास समिति अछाम सभापति भरत कुमार स्वार, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद, उपाध्यक्ष बिन्दु रावल बिशिस्ट अथिति रहेका थिए ।वडा अध्यक्ष गजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम बिभिन्न राजनीतिक दल स्थानीय बासिन्दाको सहभागीता रहेको थियोे ।
ससस्त्र द्वन्दका बेला तत्कालीन बिद्रहि पक्ष माओवादीले बम हानेर वडा कार्यालयमा क्षति पुर्याएको वडा कार्यलयको आर्थिक बर्ष २०७९/८० मा बान्नीगढी जयगढ गाउँपालिकाको लाख लागतमा ४५ लाख ३४ हजारमा निर्माण गरिएको थियो।










