अछाम: नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था नेपाल किसान महासंघ अछाम क्षेत्र नं १ को अध्यक्षमा धनबहादुर शाही चयन भएका छन्।
सोमबार साँफेबगरमा भएको अधिवेशनले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
यस्तै अधिवेशनबाट सचिबमा लालबहादुर धामी र एकेन्द्र भुल कोषाध्यक्ष बिनोद भुल र प्रदेश सभा (क) अध्यक्ष जयराज रेग्मी र प्रदेश सभा ( ख )को अध्यक्ष दिपक शाहसहितको नयाँ कार्यसमिति चयन भएको हो।