अछाम:जिल्ला बाल सञ्जाल अछामको अध्यक्षमा मनिषा साउद सर्वसम्मत चयन भएकि छन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय शिक्षा बिकास निर्देशनालय सामाजिक बिकास कार्यालय अछामको आयोजना जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको प्रमुख आथित्यमा भएको गठन कार्यक्रमबाट साउद अध्यक्षमा चयन भएकि हुन।
सञ्जालको उपाध्यक्षमा रिता ढकाल,खेमराज धमाला,महासचिवमा लोचन कुँवर,सचिवमा रोहित शर्मा,सह सचिवमा आकृति ताम्राकार र कोषाध्यक्षमा सुस्मिता देवकर चयन भएकी हुन।
यस्तै सदस्यमा मनिषा थापा,महेश ढुंगाना,हेमन्त धामी,दिपेन्द्र नगार्जि,कमल ओड,समिक्षा बुढा,पुजा कुटमाल,मानव रावल,सृजना साउद,सृजन पार्कि,निशा परियार,मनिषा अधिकारी र बिकेक बिक रहेका छन।
अछाम जिल्ला १० ओटै स्थानीयबाट कार्यक्रम सहभागि बालबालिकाबाट समिति गठन गरिएको हो।