अछाम:किसान महासंघ रामारोशनको गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ।आईतवार जिल्ला समन्वय समिति अछाम प्रमुख तथा किसान संघ अछामका निर्वतमान अध्यक्ष ललित कुँवरको प्रमुख आथित्यमा भएको अधिबेशनबाट मिना बोगटी रावलको अध्यक्ष्ातामा २५ सदस्यीय समिति गठन गरिएको हो।
कार्यक्रम बिशिस्ट अतिथि रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउद,किसान महासंघका केन्द्रीय सदस्य टंक धामी,केश बहादुर बटाला रहेका थिए ।भुमि आयोग अछामका सदस्य धर्मराज न्यौपाने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य युवा नेता पुष्प बिष्ट लगायत नेपाली कांग्रेसका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो।