अछाम:किसान महासंघ बान्नीगढीको अध्यक्षमा एकेन्द्र राज शर्मा चयन भएका छन् ।
शनिबार जिल्ला समन्वय समिति अछाम प्रमुख तथा किसान संघ अछामका निर्वतमान अध्यक्ष ललित कुँवरको प्रमुख आथित्यमा भएको अधिबेशनबाट शर्माको अध्यक्ष्ातामा १८ सदस्यीय पालिका स्तरीय समिति गठन गरिएको किसान महासंघ सुदूरपश्चिमका सहसचिव नवराज साउदले बताए ।यस्तै सचिवमा कमल ठकुल्ला, कोषाध्यक्षमा ललिता स्वार चयन भएका छन् ।
कार्यक्रम बोल्दै प्रमुख अथिति कुँवर नव निर्वाचित समितिले किसानका हक हितका क्षेत्रमा यश समितिले काम गर्ने आफू बिश्वस्त रहेको बताए ।
कृषि पेसाबाट पनि सहजै जिबिकोपार्जन गर्न सकिन्छ भनेर देखाउनु पर्ने बताए । कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन सके मात्र समृद्ध सम्भव भएको,आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड कृषि नै रहेको बताए ।
सरकारले समेत सिँचाइ, मल, बीउबिजन र बजार व्यवस्थापनमा सुधार गर्नुपर्ने,कृषकहरूले व्यावसायिक कृषि अपनाउनु पर्ने बताए ।पछिल्लो समयमा कृषि अनुदान लिनकै लागि मात्रै कृषि पेशा लाग्ने अनुदान पाएपछि कृषि पेशालाई छोड्नेहरु बढ्दै गएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।कार्यक्रम बिशिस्ट अथिति किसान महासंघका केन्द्रीय सदस्य टंक धामी अछाम क्षेत्र नं २ का क्षेत्रिय सभापति ,जिल्ला कार्यसमिति सदस्य कृष्ण खड्का,राम बहादुर कुँवर,प्रदेश ख सभापति पदम बहादुर खड्का लगायतको सहभागीता रहेको थियोे ।