Advertisement
SKIP THIS
महानायक राजेश हमाल चलचित्र ‘अन्धपथ’को छायांकनका लागि ढकारी आउदै

अछाम:महानायक राजेश हमाल अभिनित चलचित्र ‘अन्धपथ’का लागि अछामको ढकारी गाउँपालिकाले १५ लाख सहयोग गर्ने भएको छ।

ढकारी गाउँपालिकामा छायांकन हुने चलचित्र छायांकनका लागि महानायक राजेश हमाल सहितका कलाकार फागुन ७ गते ढकारी आउने भएका छन्।

रामकाजी घिमिरेको लेखन तथा निर्देशन र आरजे मिडिया प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको चलचित्रको कथावस्तु अनुरूप ढकारी गाउँपालिकाका ३० जना स्थानीय छात्राछात्राहरू लाई पनि अभिनयमा समावेश गरिने निर्माण पक्षले जनाएको छ।

चलचित्रले ढकारीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउँदले बताए ।

तपाईको प्रतिक्रिया