अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका ३, बरदादेवीका अध्यक्ष नवराज साउदले सामाजिक सुरक्षा भत्ता घरदैलोमा बितरण गर्न थालेका छन।
अध्यक्ष साउदले शुक्रबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै घर दैलौमा सामाजिक सुरक्षा बितरण गर्न थालिएको बताएका छन् ।
वडा अध्यक्ष साउदले बैंकका कर्मचारीहरू लिएर आफ्नो वडका असक्त तथा वृद्धवृद्धाहरूको घरआँगनमै पुगेर भत्ता वितरण गरिरहेका छन्।
अध्यक्ष साउदले सामाजिक सञ्जालमा लेखेका छन् ।
कहिँ राम राज्य कहिँ….केहि राज्य हाम्रो गरिव,निमुखा,टुहुराको सेवा गर्ने सेवा राज्य ८०बर्ष माथिका अती अशक्त नागरिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा उहाँकै हातमा बैंकको रोहवरमा बुझाईयो।