Advertisement
SKIP THIS
बाजुरामा एक बालिकामाथि सामूहिक करणी

बाजुरा:बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ।जिल्लाको बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो। 

माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर तीन जनाले सामूहिक करणी गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षले घटना भएको चार दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका हुन्।

करणीे आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका र उनीहरुको खोजिकार्य भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया