अछाम: जनयुद्ध दिवसको अवसरमा अछामको रामाराेशन गाउँपालिकाले सार्वजनिक बिदा दिएकाे छ । गाउँपालिकाले यहि फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाभर स्थानीय बिदा दिने निर्णय गरेकोे हाे ।माघ २७ गतेकाे कार्यपालिका वैठक मार्फत जनयुद्ध दिवसमा बिदा दिने निर्णय भएको जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक खनालद्वारा हस्ताक्षरित सूचनामा भनिएकाे छ – “तत्कालिन केन्द्रिकृत निरड्डुस राज्य सत्ताको अन्त्य गरी नेपाली जनतालाई वास्तविक रुपमा अधिकार सम्पन्न र सार्वभौम वनाउने उद्घोष सहित तत्कालिन नेकपा माओवादीद्वारा जनयुद्ध सुरु गरिएको दिन फाल्गुन १ गते को अवसरमा रामारोशन गाउँपालिका वडा नम्वर ३ को मुजावगरमा सहिद परिवार सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र उक्त दिन रामारोशन गाउँपालिका भरि १ दिन सार्वजनिक विदा दिने निर्णय भई आएकाले २०८१ फाल्गुन १ गते रामारोशन गाउँपालिकाभरि स्थानीय विदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।”
गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय पछि जनयुद्धका सहिद, वेपत्ता परिवार तथा घाइते याेद्दाकाे सम्मान हुनुका साथै सामाजिक क्रान्ति र युगान्तकारी परिवर्तनको एजेन्डालाई समेत स्थापित गर्न मद्दत पुगेको रुपमा लिईएकाे छ ।