अछाम:अछामको मेल्लेख गाउँपालिका ५ मा ढुंगा निकाल्ने क्रममा माथिबाट आएको ढुंगाले पुरीदा मृत्यु भएका ६३ बर्षिय नर बहादुर खड्काको परिवारलाई किरिया खर्च उपलब्ध गराईएको छ।
सोमबार वडा नं ५ का अध्यक्ष प्रकाश अधिकारले नगद २५ हजार किरिया खर्च स्वरुप परिवार परिवारलाई आर्थिक सहयोग गरेका हुन। यस्तै मेल्लेख गाउँपालिकाले समेत किरिया खर्च स्वरुप २५ हजार सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले उप्त किरिया खर्च परिवारलाई हस्तान्तरण गरे।