Advertisement
SKIP THIS
खेलाडीहरु सुदूरपश्चिमका गौरव हुन ,मन्त्री खड्का

अछाम:सुदूरपश्चिम प्रदेशमा सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले खेल क्षेत्रमा सूदुरपश्चिमका खेलाडी गौरवको खेल खेलिरहेका बताएका छन् ।

आईतवार १० औं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम स्तरिय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले सुदूरपश्चिमका खेलाडीहरुले खेलका हरेक बिधामा आफुहरुलाई अब्बल साबित गरिसकेका,हरेक बिभागिय कल्बमा समेत सुदूरपश्चिममा खेलाडीहरुको बर्चस्व रहेको बताए ।

यस्तै राष्ट्रिय देखि अन्तर्राष्ट्रिय खेल र उमेर समुह देखि महिला पुरुष दुबैमा समेत सुदूरपश्चिमकै खेलाडी रहेका बताए ।खेल र खेलाडीहरुको सुदूरपश्चिम गौरव,पहिचान बनाउने काम गरेका,खेल स्वास्थ र राष्ट्रका लागि मात्रै नभई शारीरिक र मानसिक अवस्थाका लागि महत्त्वपूर्ण रहेको बताए ।

यस्तै छनोट प्रतियोगिताहरुले नै खेलाडी उत्पादन गर्ने अवसर भएको बताए ।यस छनोट खेलमा लगनशील भएर खेल्न र कर्णाली प्रदेशको सुर्खेत हुन गइरहेको दशौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदशन गर्नमा आफु बिश्वस्त रहेको मन्त्री खड्काले बताए ।

तपाईको प्रतिक्रिया