Advertisement
SKIP THIS
अछाममा ढुंगा निकाल्ने क्रममा एकको मृत्यु, एक घाइते

अछाम:अछामका ढुंगा निकाल्ने क्रममा माथिबाट आएको ढुंगाले पुरीदा एक जनाको मृत्यु भएको छ।

आईतवार जिल्लाको मेल्लेख गाउँपालिका–५, कौलेनामा ढुङ्गा निकाल्ने एक्कासि माथिबाट ढुंगाहरु खस्दा ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै ज्यान गएको छ भने उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको र उनको अहिले बयालपाटा अस्पताल उपचार भईरहेको उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।मृतक काका र घाइते भतिजा दुबै ढुंगा निकाल्ने र बिक्रि गर्ने गरेका बुझिएको छ ।

तपाईको प्रतिक्रिया